राप्रपालाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन् ।
अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाई राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढन पनि सुझाव दिए ।
राजसंस्था र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाको बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनमा बोल्दै उनले नेपालमा जातीय सदभाव र राष्ट्रिय एकताको भावना रहेको औंल्याउँदै सोहीअनुसार अघि बढेर मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्ने बताए । अध्यक्ष नेपालले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढन पनि राप्रपाको नेतृत्वलाई सचेत गराए ।
अध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन नेपालका राजनीतिक दलहरु अहिले पनि सचेत भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।

प्रतिक्रिया