शनिबार, जेठ ४, २०८२

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यावश्यक कामबाहेक विदेश नजाऊ

नेपालखोज २०७८ मंसिर १५ गते १७:१७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश नजान आग्रह गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को ‘ओमिक्रोन’ भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको हो ।

नेपालमा संक्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको हो । नयाँ देखिएको भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपले कोभिड–१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गइ खोप लगाउन पनि सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया