शनिबार, जेठ ४, २०८२

पर्वतारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने

नेपालखोज २०७८ मंसिर १५ गते १८:१०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्वतारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताए । बुधवार कोभिड १९ बाट प्रभावितहरुको सहयोगका लागि आयोजित कार्यक्रममा मन्त्री आलेले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताए ।

उनले पर्वतारोहीहरुकै कारण देश चिनिएको बताउँदै यस अघिका मन्त्रीहरुले पर्वतारोहीहरुको कल्याण कोषमा उक्त रकम नछुट्याउनु मन्त्रीहरुको दोष भएको बताए । उनले कोरोना भाइरसका कारण नेपाली पर्यटन क्षेत्रलाई ठूलो असर परेको भन्दै यसबाट मुक्ति पाउन अझै केही समय लाग्ने बताए । मन्त्री आलेले कोरोना महामारीका बेलामा पनि नेपालको पर्यटन क्षेत्रलाई कसरुी अघि बढाउने भन्ने कुरा सबैले सोच्नुपर्ने बताए ।

प्रतिक्रिया