मंगलबार, वैशाख १६, २०८२

नेपाल बैंक र बिमा संस्थानबीच सेवाग्राही कर्जासम्बन्धी सम्झौता

नेपालखोज २०७८ मंसिर १५ गते २३:५५

काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यो सम्झौताअनुसार नेपाल बैंकले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहिकर्जा उपलब्ध गराउनेछ ।

बैंकका अनुसार बुधबार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बिमा संस्थानका प्रशासक कविप्रसाद पाठकको रोहवरमा नेपाल बैंकका तर्फबाट काठमाडौं बैंकिङ अफिसका मुुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका तर्फबाट व्यवस्थापक भोलानाथ घिमिरेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा बैकका ाप्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा विभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलका साथै राष्ट्रिय बिमा संस्थानका तर्फबाट सह–व्यवस्थापक रेशमकृष्ण सोम पौडेल, सह–व्यवस्थापक शिशिर चन्द्र देवकोटा र सहायक ब्यवस्थापक आशिष राईलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया