शनिबार, जेठ ४, २०८२

के दक्षिण कोरियामा कुकुरक‍ो मासुमाथि प्रतिबन्ध लगाइँदै छ ?

नेपालखोज २०७८ मंसिर १६ गते ११:०४

साेल । दक्षिण कोरियामा कुकुरको मासु खाने विवादास्पद परम्परामाथि प्रतिवन्ध लगाउने विषयमा कुरा हुन थालेको छ । दक्षिण कोरियालीलाई सरकारले कुकुरकाे मासु खाने चलनलाई गैरकानुनी घोषित गर्ने विषयमा छलफल गर्न कार्यदल गठन गरिएक‍ कुरा बताएको छ ।

कुकुरको मासुमाथि प्रतिबन्ध लगाउने कुरा त्यस्तो बेलामा उठेक‍ो छ जतिबेला दक्षिण कोरियामा पशु अधिकार र भ‍ोजनका लागि कुकुर मार्ने विवादास्पद प्रथामाथि बहस चलिरहेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मेन जे-इनले करिब दुई महिना पहिले कुकुरकाे मासु खाने सदियाैं पुरानो चलन परिवर्तन गर्दै खाने-पिउने यस्तो बानिमा सुधार ल्याउन छलफल गरिनुपर्ने कुरा बताएका थिए ।

भनिन्छ अहिले दक्षिण कोरियामा कुकुरको मासु पाइने रेस्टुँराहरु बन्द हुने स्थितिमा पुगेका छन किनभने कोरियाको युवा पुस्ताले कुकुरकाे मासु खासै मन पराएको छैन ।

बरु उनीहरुमा कुकुरलाई घरेलु जनावरका रुपमा पाल्ने चलन बढिरहेको छ । यद्यपि हालै गरिएको एक सर्वेक्षणमा कुकुरको मासु नरुचाउने कोरियनहरुले पनि यसमाथि प्रतिबन्ध लगाउन भने नहुने राय जाहेर गरेका थिए ।

यता कृषि मन्त्रालयसहित सरकारका सात विभागद्वारा जारी संयुक्त विज्ञप्तिमा सरकारी अधिकारीहरु, नागरिक, असैन्य विशेषज्ञ तथा सम्बन्धित संगठनहरुसँग जोडिएका मानिसहरुको एक समूह गठन गर्ने निर्णय भएको कुरा बताइएको छ । यो समूहले कुकुरको मासुमाथि प्रतिबन्ध लगाउन सकिने सम्भावनामा आफ्नो विचार वा सिफारिश प्रस्तुत गर्नेछ ।

विज्ञप्तिमा समूहले प्रशासन, कुकुर फार्म, रेस्टुँरा तथा अन्य ठाउँहरुबाट सूचना एकत्र गर्ने तथा य‍ो बिषयमा जनताको राय बुझने कुरा पनि बताइएको छ । दक्षिण कोरियामा गोरियो तथा जोसियन राजवंशको शाशनका बेला कुकुरको मासु सेवन गरिन्थ्यो ।

त्यतिबेला कुकुरको मासु सूगूर तथा गोमांसको तुलनामा बढि सहजताका साथ उपलब्ध हुन्थ्यो । पछि गएर कुकुरको मासु पुरुस्वत्वसँग जोडियो । त्यतिबेला कुकुरको मासु खानेहरुको पुरुस्वत्व तागत बढने कुरा बताइन्थ्यो ।

दक्षिण कोरियामा कुकुरको मासु माथि प्रतिबन्ध लगाउन गरिएको य‍ो पहिलाे प्रयास हो । कोरियाली सरकारका अनुसार अहिलेको पहलको अर्थ कुकुरकाे मासु माथि प्रतिबन्ध नै लगाउनु पर्छ भन्ने होइन ।

यद्यपि सरकारको दोहोरो कुरा र ढुलमुल रवैयाका कारण उसले कुकुरको मासु बेच्ने ब्यापारि तथा पशु अधिकारबादि कार्यकर्ता दुबैको आलोचनाकाे सामना गर्नु परेको छ ।

मासुका लागि कुकुर पाल्ने किसानहरुको संघठनका महासचिव जो याङबाङका अनुसार दक्षिण कोरियामा प्रति वर्ष १० देखि १५ लाख कुकुरको मासु खपत हुन्छ । १०-२० वर्ष पहिले यो संख्या अझ बढी थियो ।

प्रतिक्रिया