पश्चिमी वायुसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव, ५ वटा प्रदेशमा वर्षासँगै हिमपात

काठमाडाैं । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातकाे सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
आज राती देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातकाे सम्भावना रहेको माैसम विभागले जनाएकाे छ ।

प्रतिक्रिया