मंगलबार, वैशाख १६, २०८२

सभामुख सापकोटाले सर्वोच्चको गतिरोध हटाउन पहल गर्ने

नेपालखोज २०७८ मंसिर १६ गते १०:२९

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानको उपाय खोज्ने बताएका छन् । स्पेन भ्रमण पूरा गरी आज (बिहीबार) बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

उनले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि प्रयास गर्ने बताएका छन् । सर्वोच्च र संसदको गतिरोधको सम्बन्धमा गरिने पहलकदमी र धारणासम्बन्धि अब सोचविचार गरिने उनले प्रष्ट पारेका छन् ।

सभामुख सापकोटा अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन यही मंसिर ८ गते स्पेनको म्याड्रिड प्रस्थान गरेका थिए ।

प्रतिक्रिया