शनिबार, जेठ ४, २०८२

सुनकाे मूल्य स्थिर, चाँदीकाे घट्याे

नेपालखोज २०७८ मंसिर १६ गते ११:४३

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर नै रहेकाे छ । तेजाबी सुन आज ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार रूपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १० रूपैयाँले घटेकाे छ । आज चाँदी १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया