स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो संक्रमण पुष्टि
नेपालखोज
२०७८ मंसिर १६ गते १२:२८

म्याड्रिड । कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो संक्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पीसीआर परीक्षणमार्फत Omicron SARS-CoV-2 स्ट्रेनको संक्रमण पुष्टि गरेको कुरा बेलेरिक टापु सरकारको स्वास्थ्य परिषद्ले विज्ञप्तिमा मार्फत् जनाएको छ ।
यस अघि दुई केसहरू म्याड्रिडमा पुष्टि भएका थिए। तीनवटै संक्रमण दक्षिण अफ्रिकाका यात्रुहरूमा पत्ता लागेको हो । रासस/एएनआई/स्पुतनिक
सम्बन्धित
प्रतिक्रिया