नेप्से ४९ अंकले घट्दा ३ अर्ब ४१ करोडको सेयर किनबेच

नेपालखोज २०७८ मंसिर १६ गते १५:४४

काठमाडौं । नेप्सेमा पुनः उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन पाँच दशमलव २८ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज भने ४९ दशमलव चार अंकले घटेर २५ सय ८४ दशमलव ६१ अंकमा पुगेको छ ।

त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ४६ अंकले घटेर चारा सय ८७ दशमलव २७ अंकमा पुगेको छ । दुई सय ३१ वटा कम्पनीको ४७ हजार आठ सय ६४ पटकको कारोबारमा ७९ लाख ३२ हजार सात सय ३१ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कुल कारोबार रकम तीन अर्ब ४१ करोड ३५ लाख ८९ हजार एक सय २६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा १३ वटै समूहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक १७ दशमलव ८८ अंकले घटेर १७ सय ४५ दशमलव १४ अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि ६६ दशमलव ६५ अंकले घटेर २९ सय ५८ दशमलव ११ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ४५ दशमलव ८५ अंकले घटेर ११ हजार पाँच सय छ दशमलव ३६ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि दुई सय ३० दशमलव ८३ अंकले घटेर १३ हजार सात सय ३६ दशमलव ८६ अंकमा झरेको छ । यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज सामलिङ पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर पाँच सय सात रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार हुंदा कर्पोरेट डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ८० प्रतिशतले घटेर नौ सय १३ रुपैयाँ ४० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता छ सय २० रुपैयाँ अन्तिम मूल्यमा १२ करोड ४३ लाख ३९ हजार छ सय छ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया