चौबीस घण्टामा थपिए ३१५ संक्रमित, थप ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ९ हजार ५११ जनाको पीसीआर परीक्षण गर्दा २९८ र १ हजार ८९२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १७ जना गरि कुल ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २०१ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख ३ हजार ३६९ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५३५ पुगेको छ ।
देशभर चौबीस घण्टामा १ लाख ४१ हजार ५५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया