पौडेलले भने – आयल निगम रहने की, नरहने भन्ने पहिलो विषय

नेपालखोज २०७८ मंसिर १६ गते १९:२६

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषय भन्दा पनि आयल निगम रहने की नरहने भन्ने पहिलो विषय भएको बताएका छन् ।

बिहीबार राज्यका निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले गरेको छलफलमा निर्देशक पौडलेले निगमले दैनिक साढे ७ करोड घाटा खाएर काम गरिहेको अवस्थामा मूल्य वृद्धि गरेको विषय उठान गर्नु भन्दा पनि आयल निगम रहने की नरहने भन्ने विषय प्रमुख भएको बताए ।

निर्देशक पौडेलले सरकारले निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपर्ने अवस्था श्रृजना पनि गर्न नहुने बताए । उनले निगम दैनिक साढे ७ करोड घाटामा काम गरिहेको बताए । यस्तो अवस्था निगमले काम गरिरहँदा पनि निगमलाई नै विवादित बनाउनु राम्रो नभएको बताए । उनले निगमले सबै भन्दा बढी एलपी ग्यासमा घाटा रहेको बताए । एलपी ग्यास नेपालभर दैनिक एक लाख सिलिण्डर खपत हुने गरेको बताए ।

छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले ग्याँस खपत कम गर्ने विषयमा माथिल्लो निकायसँग छलफल भइरहेको बताए । उनले ग्यासको खपत कम गर्न विद्युतको प्रयोग कसरी बढाउने भन्ने विषयमा धेरै पटक छलफल भएको बताए । ग्याँसको खपत कम गरेर विद्युतको खपत बढाउनको लागि नेपाल विद्युत प्राधिकरणले सबै नयाँ प्राविधिक व्यवस्था गर्नु पर्ने बताए । उनले नेपालमा विद्युत उत्पादन भएर खेर गइरहेको बताए ।

सचिव पोखरेलले इन्धनमा विश्वका धेरै देशमा कर महँगो नै भएको बताए । उनले मुलुकको इन्धनको आवश्यकता कति हो, त्यसको करको रेट कति हुनुपर्छ सबै बसेर छलफल गर्नु पर्ने बताए ।

प्रतिक्रिया