शनिबार, जेठ ४, २०८२

देशको उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना

नेपालखोज २०७८ मंसिर १७ गते ६:११

काठमाडाैं । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएकाे छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ । 

आज राती कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली  रहने महाशाखाले जनाएकाे छ ।

कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । देशका मध्य र पूर्वी उच्च पहाडी र हिमाली भू-भागको केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया