शनिबार, जेठ ४, २०८२

भारतबाट घटेर आयो तेलको भाउ तर नेपालमा घटेन

नेपालखोज २०७८ मंसिर १७ गते ७:३५

काठमाडौं । इन्डियन आयल कर्पोरेसनले पेट्रोलिय पदार्थमा मूल्य समायोजन गरेपनि नेपालमा भने मूल्य समायोजन हुन सकेको छैन ।

पछिल्लो पटक इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य केही घटेर आएतापनि नेपालमा भने निगम घाटामा नै रहेको नेपाल आयल निगमले जनाएको छ ।

बुधबार (डिसेम्बर १) मा पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको हो । भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपालमा भने  घटाउन नसकिने निगमले जनाएको छ ।

पेट्रोल र डिजेलको मूल्य सामान्य घटे पनि ग्यासको मूल्य झन् बढेको तथा घाटा यथावत् रहेको दाबी गर्दै निगमले नेपालमा पेट्रोल–डिजेलको मूल्य घटाउन नसकिने बेहोराको विज्ञप्ति जारी गरेको हो । 

हाल नेपालमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ ।

No description available.

प्रतिक्रिया