शनिबार, जेठ ४, २०८२

शहीद स्मारक ए डिभिजन लिग : फ्रेन्डस र थ्री स्टार तथा सातदोबाटो र एपिएफ भिड्दै

नेपालखोज २०७८ मंसिर १७ गते ८:५९

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज फ्रेन्डस र थ्री स्टार भिड्दा अर्को खेलमा सातदोबाटोले एपिएफको सामना गर्ने छ ।

फ्रेन्ड्स र थ्री स्टारबीचको खेल दिउँसो १ बजे सुरु हुने छ । आज दुवै टीमको लक्ष्य जित निकाल्नु हुने छ । फ्रेन्ड्स २ खेलमा १ अंक जोडेर दशौं स्थानमा रहेको छ । थ्री स्टार दोस्रो जितको खोजीमा रहँदा थ्री स्टार २ खेलमा ३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

आजनै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र विभागिय टीम एपीएफबीच प्रतिस्पर्धा हुँदै छ । सातदोबाटो र एपीएफबीचको खेल ४:४५ मा हुने छ ।

प्रतिक्रिया