आईएसद्वारा सिरियामा १० जनाको हत्या
नेपालखोज
२०७८ मंसिर १७ गते १२:४४

दमास्कस । आईएसले सिरियाको अल खारताको एक तेल खानीमा काम गर्ने कम्तीमा पनि १० जना मजदुरको हत्या गरेका छन् । उनीहरुले बिहीबार सो क्षेत्रबाट तेल खानीमा काम गर्ने मजदुरहरु बोकेर गएको बसमा विद्युतीय धराप थापेका थिए ।
सिरियाको पूर्वी क्षेत्रमा पर्ने दियार अल जोर प्रान्तमा उनीहरुको हत्या गरेका प्रहरीले जनाएको छ । सिरियाली समाचार समिति, सानाले दिएको समाचारअनुसार इराकको सीमा क्षेत्रमा पर्ने सो प्रान्तमा आईएसले तेलको खानीमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई सधैँ तारो बनाउने गरेका छन् । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया