आइतबार, जेठ ५, २०८२

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस् तुरुन्त ठीक हुन्छ !

नेपालखोज २०७८ मंसिर १८ गते ८:४४

मानव जीवनका लागि चाहिने आहारा तथा खानपिनमा अत्याधिक हालिने मसलाले कत्तिको असर गरिरहेको हुन्छ ? त्यसको बारेमा धेरै अनभिज्ञ रहेका छन् । त्यस्तो परिकारयुक्त खाना खाँदा एसीडीटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईंलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि यस्ता घरेलु उपाय अपनाउनुस तुरून्त समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ।

के हुन ती उपाय ? जानी राखौं !

१. तपाईंलाई एसीडीटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम हुन्छ ।

२.ज्वानोलाई पानीमा उमालेर पिउनुहोस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।

३. तुलसीका पातले रुघाखोकीका साथसाथै ग्यासबाट पनि छुटकारा दिलाउँछ ।

४. बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ।

५. कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन ।

प्रतिक्रिया