शनिबार, वैशाख ८, २०८१

आइफोन नक्कली पनि हुनसक्छ, यसरी पत्ता लगाउनुहोस् !

नेपालखोज २०७८ मंसिर १८ गते १२:४६

काठमाडौं । आइफोन धेरै मानिसको सपना पनि हो । त्यसै पनि एप्पलका फोन निकै महँगा हुन्छन् । यद्यपि अहिले बजारमा तुलनात्मक रुपमा सस्ता आइफोन पनि उपलब्ध हुन थालेका छन् । एप्पलले नै पनि आफ्नो फोनको किफायति संस्करणहरु बजारमा पठाइरहेको छ । तर बुझ्नुपर्ने कुरा के छ भने अहिले अन्तर्राष्ट्रिय बजारमै नक्कली आइफोनसमेत बिक्री-वितरण भइरहेको छ । पैसा जोगाउने वा आइफोन बोक्ने चक्करमा उपभोक्ताहरु यस्ता नक्कलीमै फस्न सक्छन् ।

अहिले के भनिँदै छ भने अन्तर्राष्ट्रिय बजारमै नक्कली स्मार्टफोनको पनि बिगबिगी छ । त्यसमा आइफोन जस्तै देखिने फोनको पनि कुनै कमी छैन । यद्यपि ती फोनका सफ्टवेयर आईओएस नभएर एड्रोइड हुन्छन् । केही सरल उपाय अपनाएर हामी यस्ता नक्कली आइफोन पत्ता लगाउन सक्छौं ।

आइफोन खरिद गर्दा
-बक्स खोल्नुअघि त्यसको आईएमईआई नम्बर चेक गर्नुपर्छ । यो नम्बर एप्पलको वेबसाइटमा गएर पनि क्रस चेक गर्न सकिन्छ । फोनको प्याकेटमा लेखिएको आईएमईआई नम्बर https://checkcoverage.apple.com/in/en मा गएर दर्ता गरे पछि केही बेरमै फोन नक्कली हो कि असली पत्ता लागिहाल्छ ।
-आइफोन एक्स वा त्यसपछिका मोडलमा भएको डिस्प्ले बेजल सक्कली आइफोन पत्ता लगाउने सबैभन्दा सरल उपाय हो ।
-एप्पलले लाइटनिङ पोर्टको चारैतिर तथा चेसिसलाई सुरक्षित राख्न पेन्टालोभ स्क्रू प्रयोग गरेको हुन्छ ।
-चार्जिङ पोर्टबाट पनि आइफोन नक्कली हो कि असली पत्ता लगाइन्छ ।
-सफ्टवेयरक‍ो जाँच गरे पनि फोनको असलियत पत्ता लाग्छ ।
-आइफोन प्रयोग गर्न एप्पल आईडी बनाउनुपर्छ । यदि त्यस्तो आईडी बनाउँदा फोनक‍ो स्क्रिनमा गुगल वा अन्य एकाउन्टबाट लगइन गर्न भनियो भने त्यो आइफोन नक्कली हो भन्ने बुझ्नुपर्छ ।
-आइफोनको एप स्टोरमा गुगल प्ले स्टोर वा अरु कुनै एप स्टोर देखियो भने त्यो फोन नक्कली हो ।
-फोनको सेटिङमा भएको जेनरल अप्सन खोल्नु होस् । यदि आइफोन नक्कली ह‍ो भने त्यहाँ आईओएस को साटो एड्रोइडको कुनै भर्सन देखिनेछ ।

प्रतिक्रिया