शुक्रबार, वैशाख १४, २०८१

एनआईबीएल बैंकको ५ अर्ब ११ करोडबराबरको सञ्चालन मुनाफा

नेपालखोज २०७८ मंसिर १८ गते १४:३८

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) ले ३५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैकले केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

बैंकका अनुसार महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअलरुपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो । साधारण सभामा गत आर्थिक वर्षमा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो ।

साधारण सभाको अध्यक्षता गरेका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए । जसमध्ये १२ दसमलव ६१ प्रतिशत बोनस सेयर र तीन दशमलव ३८ प्रतिशत नगद लाभांस रहेको छ ।

बैंकले गत आर्थिक वर्षमा पाँच अर्ब ११ करोड रुपैयाँ बराबरको सञ्चालन मुुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षमा बैंकको खुद नाफा तीन अर्ब ५५ करोड रुपैयाँ रहेको छ । बैकको कुल चुक्ता पूँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा बैंकको बैंकको निक्षेप गत आर्थिक वर्षको कुल एक खर्ब ६८ अर्बबाट वृद्धि भई एक खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी कुल लगानी अघिल्लो वर्षको एक खर्ब ४० अर्बबाट वृद्धि भई एक खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । बैकले हाल ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि बेस्ट बैंक २०१८ र बेस्ट बैंक २०२१ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यस बाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया