मंगलबार, वैशाख ११, २०८१

द्वन्द्वपीडित अपांग समाजलाई ज्योति विकास बैंकको सहयोग

नेपालखोज २०७८ मंसिर १८ गते १४:५५

काठमाडौं । ज्योति विकास बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका लागि स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत साँखुस्थित द्वन्द्व पीडित अपांग समाजमा आश्रय संरक्षणमा रहेका अपांगता तथा मानसिक रुपमा असक्त बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधि हस्तान्तरण गरेको छ ।

अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा संस्थामा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंककी साँखु शाखा शाखा प्रबन्धक रीमा प्रधानले द्वन्द्व पीडित अपांग समाज–नेपालका अध्यक्ष युबराज थापालाई ५० हजार रुपैयााँ बराबरको औषधि हस्तान्तरण गरेकी छन् ।

द्वन्द्व पीडित अपांग समाज द्वन्द्वपीडित र अपांगता भएका व्यक्तिका अवसरहरू अभिवृद्धि गर्न र जीवनस्तर उकास्ने उद्देश्यले सन् २००५ मा स्थापना भएको थियो । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ६२ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै भएको छ ।


प्रतिक्रिया