बिहीबार, वैशाख २०, २०८१

ह्वावे क्लाउड अपरेटरलाई कनेक्टिभिटीका फाइदा उपलब्ध गराउँदै ह्‌वावे

नेपालखोज २०७९ साउन ९ गते १२:०२

सेन्जेन, चीन । ह्वावे क्यारियर BG मार्केटिङ र सोलुसन सेल्स विभागका अध्यक्ष पेंग सोंगले आज वीन-वीन•ह्वावे इनोभेसन वीकको समयमा क्यारियर क्लाउड ट्रान्सफर्मेसन समिटमा अपरेटर क्लाउड रूपान्तरणको लागि कम्पनीको नयाँ योजनाबारे आफ्ना धारणा सार्वजनिक गरेका छन् । उनले नेटवर्क भ्यालु वृद्धि गर्न, सेवा इनोभेसनलाई गति दिन र कनेक्टिभिटीका फाइदाहरू प्राप्त गर्न टेलिकम सञ्चालनलाई अप्टिमाइज गर्न मद्दत गरेर यी परिवर्तनहरूलाई समर्थन गर्न ह्वावे उत्साहित भएको बताए ।

क्लाउड औद्योगिक डिजिटल रूपान्तरणको एक महत्त्वपूर्ण भाग बनिरहेको छ र यसको व्यक्तिगत उद्योगको आर्थिक संरचना र बजार परिदृश्य पुन: आकार दिने क्षमताको कारण अब एक प्रमुख आर्थिक कारक पनि मानिन्छ ।

दूरसञ्चार उद्योगले आफ्नो क्लाउड रूपान्तरणको महत्त्वपूर्ण चरणमा प्रवेश गरिसकेको छ जसले परिणाम स्वरुप धेरै नयाँ अवसर र चुनौती ल्याएका छन् । १५ प्रतिशत अपरेटरहरूले २०२३ को अन्त्यसम्ममा व्यापक क्लाउड रणनीति विकास र पूर्ण रूपमा लागु गर्ने अपेक्षा गरिएको छ । जसको परिणाम स्वरूप दूरसञ्चार क्लाउड सयौं बिलियन डलरको बजार हुनेछ । यस विस्तारलाई समर्थन गर्न र यी प्रविधिहरूले सिर्जना गरिरहेका नयाँ बजारहरूको फाइदा लिन अपरेटरहरूले थप कुशल र चुस्त आईसीटी पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्छ ।

अपरेटरहरूको क्लाउड रूपान्तरण सञ्चार प्रविधि (CT) मा आधारित हुनुपर्छ । अपरेटरहरूले दूरसञ्चार उद्योगको अद्वितीय शक्ति र क्लाउड रूपान्तरणको फाइदा लिँदै आफ्नो नेटवर्क र सेवाहरूको भ्यालु बढाउनु पर्छ भन्ने कुरामा पेंगको विश्वास रहेको छ । अवसर सदुपयोग गर्न सञ्चालकहरूले ध्यान केन्द्रित गर्नुपर्ने त्यहाँ तीन क्षेत्रहरू रहेको कुरामा उनले जोड दिए ।

पहिलो, नेटवर्क भ्यालुको सन्दर्भमा अपरेटरहरूले क्लाउडसँग नेटवर्क सीमाहरू विस्तार गर्न र B2B बजारमा नेटवर्क भ्यालु सुधार गर्न आवश्यक छ ता कि यी प्रगतिले थप ग्राहकलाई फाइदा पुर्याओस् । नेटवर्क भनेको अपरेटरहरूको मूल सम्पत्ति हुन् र अपरेटरहरूले यसको फाइदा लिन सक्छन् र क्लाउड रूपान्तरणलाई समन्वयात्मक रूपमा अगाडि बढाउन सक्छन् । चीनमा ह्वावेले नेटवर्क र एज क्लाउड क्षमताहरू प्रदान गर्दछ जसले अपरेटरहरूलाई आफ्ना इन्टरप्राइज ग्राहकलाई उच्च उत्पादकताका लागि सोलुसनहरू प्रदान गर्न सक्षम बनाउँछ, उनीहरूको बजारलाई २५ प्रतिशतले विस्तार गर्दछ ।

दोस्रो, डिजिटल इनोभेसनको सन्दर्भमा, अपरेटरहरूले डिजिटल सेवा इनोभेसनका लागि क्लाउड प्लेटफर्महरू निर्माण गर्न आवश्यक छ जुन उनीहरूले नयाँ सेवाहरू अझ छिटो सुरु गर्न प्रयोग गर्न सक्छन् । टेलिकम सेवा र डिजिटल सेवाहरूलाई जोड्ने कोल्याबोरेटिभ क्लाउड प्लेटफर्महरूले इनोभेसनलाई थप गति दिन्छ र आफ्नो ग्राहक अधिग्रहण क्षमताहरूमा सुधार गर्दछ ।

युरोपमा ह्वावेले पहिले नै अपरेटरहरूलाई विकास वातावरण, परीक्षण वातावरण र सयौं सेवा ह्वावे क्लाउड प्लेटफर्ममा माइग्रेट गर्न सहयोग गरिसकेको छ । यसले केही अपरेटरहरूलाई अजाइल विकास प्लेटफर्म र टेलिकम PaaS क्षमताहरू प्रयोग गरेर नयाँ सेवाका लागि बजार समय ७५ प्रतिशत कम गर्न मद्दत गरेको छ ।

तेस्रो, दूरसञ्चार सञ्चालनको सन्दर्भमा अपरेटरहरूले आफ्नो प्राथमिक व्यवसायको दिगो विकासलाई समर्थन गर्न टेलिकम उद्योगका लागि विशेष रूपमा डिजाइन गरिएको पूर्व-एकीकृत क्लाउड सोलुसनहरू प्रयोग गर्न आवश्यक छ । टेलिकम क्लाउड रूपान्तरणका लागि क्लाउड प्लेटफर्महरू आवश्यक पर्दछ जसमा अड्याप्टिभ टेलिकम सेवा आर्किटेक्चरहरूको डेटा सुरक्षा र व्यवस्थापन आवश्यकताहरू पूरा गर्न सक्षम डिस्ट्रिब्युटेड आर्किटेक्चर छ । क्लाउड रूपान्तरणको रास्नल टाइम लाइन सेवाहरू क्लाउडमा मजबुत रूपमा माइग्रेट भएको सुनिश्चित गर्न पनि आवश्यक छ ।

एसियामा ह्वावेले विभिन्न प्रकारका अपरेटर सेवा र सुविधाहरू ह्यान्डल गर्न वितरीत क्लाउडहरू प्रयोग गरेको छ र फाइभ जी प्याकेजको मार्केटिङ सफलता दरलाई १८० प्रतिशतले सुधार गर्दै विभिन्न सेवाहरूका लागि कोरिलेटेड डेटा एनालाइसिस सञ्चालन गर्न ह्वावेको डिस्ट्रिब्युटेड डेटा लेक प्रयोग गरेको छ ।

पेंगले आफ्नो मन्तव्यमा क्लाउड रूपान्तरणमा सफल हुन र ग्राहकहरूलाई गुणस्तरीय सेवाहरू उपलब्ध गराउन अपरेटरहरूले दूरसञ्चार उद्योगलाई गहिरिएर बुझ्ने र दूरसञ्चारको शक्तिको प्रयोग गर्न जान्नेहरूसँग रणनीतिक साझेदारी स्थापना गर्नु महत्त्वपूर्ण छ भनी समिट अन्त्य गरे । २०२१ को अन्त्यसम्म ह्वावेले क्लाउड सेवाहरूमा विश्वव्यापी रूपमा १२० भन्दा बढी अपरेटरहरूसँग व्यापक रूपमा काम गरेको थियो । ह्वावेले आईसीटीमा थप लगानी गर्न र अपरेटरहरूको क्लाउड रूपान्तरणलाई गति दिन र कनेक्टिभिटीका फाइदाहरू उपलब्ध गराउन विश्वव्यापी रूपमा आफ्नो स्थानीयकृत सेवा क्षमताहरू प्रयोग गर्न प्रतिबद्ध रहेको छ ।

वीन-वीन ह्वावे इनोभेसन वीक जुलाई १८ देखि जुलाई २१ सम्म सेन्जेन, चीनमा आयोजना गरिएको थियो । ग्लोबल अपरेटर, उद्योग व्यवसायी र ओपिनियन लिडरहरूसँग मिलेर डिजिटल अर्थतन्त्रमा साझा सफलताको कल्पना गर्न 5.5G, ग्रिन विकास र डिजिटल रूपान्तरण जस्ता विषयहरूमा गहिरिएर जाने ह्वावेले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया