शनिबार, वैशाख १५, २०८१

चौबीस घण्टामा थप २३८ जनामा संक्रमण पुष्टि, ३९२ जना डिस्चार्ज

नेपालखोज २०७८ मंसिर १८ गते १६:३५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ५ हजार २९५ जनाको पीसीआर परीक्षण गर्दा २२० र १ हजार ५०२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १८ जना गरि कुल २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ ।

त्यस्तै, चौबीस घण्टामा थप ३९२ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ४ हजार १०८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, चौबीस घण्टामा थप ५ जनाको कोरोना संक्रमणका पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्युु हुनेको कुल संख्या ११ हजार ५४० पुगेको छ ।

त्यस्तै, चौबीस घण्टामा देशभर थप १ लाख ३० हजार ६८८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया