मंगलबार, वैशाख १६, २०८२

४ वटा प्रदेशमा वर्षासँगै हिमपात, अन्यमा आंशिक बदली

नेपालखोज २०७८ मंसिर १९ गते ६:१४

काठमाडाैं । हाल देशको पूर्वी भू-भागमा बंगालको खाडीमा रहेको जवाद नामक सामुन्द्रिक चक्रवातको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले हाल देशको प्रदेश नं १ तथा अन्य प्रदेशहरुका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।  

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको ति प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राती सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

प्रतिक्रिया