शुक्रबार, वैशाख १४, २०८१

सुनचाँदीकै मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ मंसिर १९ गते १०:५२

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन ७ सय रूपैयाँले बढेकाे छ । छापावाल सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ७ सय रूपैयाँले नै बढेकाे छ । तेजाबी सुन आज ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९० हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १० रूपैयाँले बढेकाे छ । आज चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया