विदेशी मुद्राको कारोबार सहज, अमेरिकी डलरको सटही सुविधामा वृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बिदेशी मुद्रांको कारोबार सम्वन्धमा नयाँ परिपत्र जारी गरेको छ । बिदेशी बिनिमय कारोबार गर्न अनुमती प्राप्ती सम्पुर्ण संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले बिदेशी मुद्राको कारोबार सहज बनाउँदै अमेरिकी डलरको सटही सुविधामा वृद्धि गरेको छ ।
परिपत्र अनुसार हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका पार्टपूर्जाहरू तत्काल विदेशबाट मगाउनु परेको अवस्थामा र बिक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर एक लाख मूल्य सम्मका त्यस्ता सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने छ ।
यसअघि हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका पार्टपूर्जाहरू तत्काल विदेशबाट मगाउनु परेको अवस्थामा र बिक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर १० हजार मूल्य सम्मका त्यस्ता सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने व्यवस्था रहेको थियो । यसैगरी वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत सटही सुविधा उपलव्ध गराउँदा जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलिया जानेको हकमाः अधिकतम अमेरिकी डलर ५०० र अन्य मुलुक जानेको हकमाः अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा उपलब्ध गराउनु पर्ने छ । यसअघि वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत सटही सुविधा उपलव्ध गराउँदा जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा जानेको हकमाः अधिकतम अमेरिकी डलर ५०० र अन्य मुलुक जानेको हकमाः अधिकतम अमेरिकी डलर २०० सम्मको सिमा तोकिएको थियो ।
नयाँ परिपत्र अनुसार विदेशस्थित अस्पतालमा गई औषधोपचार गराउने र आवश्यक औषधि तथा उपचारजन्यनागरिकहरूलाई देहाय बमोजिमको प्रकृया पूरा गरी बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक अमेरिकी डलर १५ हजारसम्म सटही सुविधा प्रदान गर्न सक्नेछन । यसको लागि बाह्य मुलुक गई उपचार गराउन चाहने वा गर्नुपर्ने व्यक्तिले नेपालका अस्पतालमा स्वास्थ्य परीक्षण गराई वाह्य मुलुक गई उपचार गराउन उपयुक्त हुने भनी स्वदेशका डाक्टरले उपलव्ध गराएको सिफारिसपत्र तथा विदेशस्थित अस्पतालबाट उपचारमा लाग्ने अनुमानित खर्च उल्लेख भएको कागजात पेश गर्नुपर्ने छ ।
यस्तो सटही सुविधा विदेशी अस्पताल (औषधि तथा उपकरण बिक्रेता समेत) ले भुक्तानी पाउने गरी पठाउनु पर्ने छ भने यस व्यवस्था अन्तर्गत सटहीबापत लिएको रकमको खर्च विवरण उपचारबाट फर्केको १५ दिनभित्र सम्बन्धित बैंक तथा वित्तीय संस्थामा बुझाउनु पर्नेछ । यसरी सटही सुविधा प्रदान गरे पश्चात उक्त सुविधा दिइएका व्यक्तिहरूको नाम, ठेगाना, फोन नम्बर, सटही लिएको मुद्रा र रकम उपचार गराउने विदेशी अस्पताल (औषधि तथा उपकरण बिक्रेता समेत) को नाम, ठेगाना एवम खर्च फछर्याैट भए÷नभएको विवरण अर्धवार्षिक रुपमा अवधि समाप्त भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस विभागमा पेश गर्नु पर्नेछ । राष्ट्र बैंकका अनुसार यसअघि नेपाली नागरिकहरूलाई सबै प्रकृया पूरा गरी बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक अमेरिकी डलर १० हजारसम्म सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था रहेको थियो ।
विदेशी मुद्रा फिर्ता पठाउनेसम्बन्धी व्यवस्था अन्र्तगत विदेशबाट विभिन्न प्रयोजनको लागि प्राप्त भएका विदेशी मुद्रा रकम पठाउने बैंकबाट फिर्ता गर्न माग भई आएमा र जुन प्रयोजनको लागि विदेशी मुद्रा भित्रिएको हो सोअनुरुप खर्च नहुने भएमा र त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भइसकेको भए बेनेफिसरीको समेत सहमति लिई प्राप्त भएको विदेशी मुद्राको सीमा ननाघने गरी अमेरिकी डलर १० हजारसम्म वा सो बराबरको विदेशी मुद्रा आवश्यक कागजातका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रियपालना हुने गरी रकम प्राप्त गर्ने सम्बन्धित बैंकले एजेन्सी खातामा जम्मा भएको ६० दिनभित्र फिर्ता पठाउन सक्नेछ ।
परिपत्र अनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकारको अनुमति लिई खुलेका नेपालस्थित शिक्षण संस्थाहरुलाई सम्बन्धन, परीक्षा लगायतका शुल्कहरुको भुक्तानीको लागि देहाय बमोजिमका कागजात लिई अमेरिकी डलर २५,००० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा उपलब्ध गराउन सक्नेछन । अमेरिकी डलर २५,००० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा बढी रकमको भुक्तानीको लागि माथि उल्लिखित कागजातहरु सहित यस विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ ।
यसअघि अमेरिकी डलर १२,००० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था रहेको थियो ।
प्रतिक्रिया