नेप्से ७२ अंकले घट्दा ४ अर्ब ९ करोडको सेयर किनबेच

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नै नेप्से नकारात्मक देखिएको छ । नेप्से आज ७२ दशमलव तीन अंकले घटेर २५ सय १३ दशमलव ८८ अंकमा पुगेको छ । त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव १५ अंकले घटेर चार सय ७३ दशमलव ३७ अंकमा पुगेको छ ।
दुई सय २६ वटा कम्पनीहरुको ६० हजार ८८ पटकको कारोबारमा ८९ लाख २० हजार आठ सय ९४ कित्ता सेयर खरिद बिक्री हुंदा आज कुल कारोबार रकम चार अर्ब नौ करोड सात लाख ६५ हजार तीन सय २५ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा आज १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक ४० दशमलव ७३ अंकले घटेर १७ सय चार दशमलव ५२ अंकमा झरेकोमा निर्जिवन बिमा समूहको सूचक पनि दुई सय ५१ दशमलव १२ अंकले घटेर ११ हजार दुई सय २५ दशमलव १९ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि तीन सय ७२ दशमलव एक अंकले घटेर १३ हजार तीन सय ६४ दशमलव ७६ अंकमा झरेकोमा विकास बैंक, जलविद्युत, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज ङादी ग्रुुप पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ५४ रुपैयाँ ४० पैसामा प्रतिकित्ता सेयर कारोबार हुंदा आईसीएफसी फाईनान्सको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ३२ प्रतिशतले घटेर सात सय ४८ रुपैयाँ १० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
त्यसैगरी आज नेशनल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय चार रुपैयाँ अन्तिम मूल्यमा २८ करोड ६२ लाख ८४ हजार दुई सय ५३ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया