आगामी चुनावमा माओवादी पहिलो दल !
नेपालखोज
२०७८ मंसिर २० गते १३:५२

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र ) पहिलो दल हुने बताएका छन् । उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय नेकपा (माओवादी केन्द्र) को प्रथम सम्मेलनको शुभारम्भ गर्दै उनले अहिले माओवादी दुप्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा २०६४ कै अवस्थामा फर्कने बताए ।
अन्य दलजस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उनले आदीवासी, जनजाति, घले, गुरूङ, सबैक्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताए । माओेवादीले ल्याएको जनहितकारी एजेन्डा पूरा गर्न बाँकी रहेको उनले प्रष्ट पारेका छन् । टुक्रिएर गएका डा. बाबुराम भटृराई, बैद्य, विप्लवलगायतलाई एकता गराउन वार्ता अगाडि बढिसकेको उनले जनाए ।
सम्बन्धित

प्रतिक्रिया