शुक्रबार, वैशाख १४, २०८१

‘मिस एयर होस्टेज २०२१’ का लागि २५ जना छनोट

नेपालखोज २०७८ मंसिर २० गते १५:३२

काठमाडौं । विगत १३ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको सिजन मिडियाले ‘मिस एयर होस्टेज २०२१’ पाचौं संस्करणको छनोट चरण पूरा गरेको छ ।

उपत्यकालगायत मोफसलका विभिन्न एयर होस्टेजको तालिम केन्द्रमा तालिम लिइरहेका साथै विभिन्न समयमा एयर होस्टेजसम्बन्धी तालिम लिएर जागिरको खोजीमा बसेका अथवा विमान परिचारिका बन्ने लक्ष्य लिएकाहरुमध्ये यस प्रतियोगीतामा सहभागीका लागि ४५ युवतीले आवेदन दिएका थिए । छनोट कार्यक्रमको निर्णायकमा अफिसियल कोरियोग्राफर रोजिन शाक्य, एयर होस्टेज तालिम प्रशिक्षक गौरिकला थापा, हिमालयन एयरलाइन्सका सिनियर इन्जिनियर रन्जित जैसवाल र सेमन्त श्रेष्ठ थिए ।

पहिलो चरणबाट छनोट भएका प्रतियोगीहरुलाई मंसिरको २२ गतेबाट राष्ट्रिय नाचघर जमलमा दिनको २ देखि ४ बजेसम्म तालिम सञ्चालन गरिनेछ । विमान परिचारिका बन्न चाहने युवतीहरुका लागि विशेष फोकस गरी उनीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीका लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गराई कुशल विमान परिचारिका तथा शिक्षित व्यक्तिका रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

विगत केही वर्षको अन्तरालपछि फेरि पनि यस प्रतियोगितालाई निरन्तरता दिने उद्देश्यले यो पाँचौं चरणका लागि आवेदन फाराम खुला गरिएको हो । यसमा २५ प्रतियोगीलाई सहभागी गराइनेछ । अन्तिम प्रतिस्पर्धा पुस पहिलो साता राजधानीमा हुनेछ । प्रतियोगिताका विजेताले ‘मिस एयर होस्टेज २०२१’ को ताज उपाधिसहित विमान परिचारिका बन्ने अवसर प्रदान गरिनेछ साथै उच्च शिक्षाका लागि छात्रावृत्तिसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया