बिहीबार, वैशाख १३, २०८१

चाैबीस घण्टामा २६५ संक्रमित थपिए, ३५७ जना डिस्चार्ज

नेपालखोज २०७८ मंसिर २० गते १६:०७

काठमाडाैं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ७ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २३८ र १ हजार ५०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जना गरी कुल २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेको छ । त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३५७ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५४३ पुगेको छ ।

प्रतिक्रिया