आइतबार, जेठ ५, २०८२

अर्थमन्त्री मै हुँदा बूढीगण्डकी काम सुरु हुन्छ

नेपालखोज २०७८ मंसिर २१ गते १०:२९

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बुढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताए । त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘बुढीगण्डकी बनाउने हो ।’ त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो ।

यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताए । विकासका लागि जनताले साथ दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पुरा गर्नेसमेत बताए । रासस

प्रतिक्रिया