मंगलबार, चैत ६, २०८०

३७ अंकले घट्दा तीन अर्ब १२ करोडको सेयर किनबेच

नेपालखोज २०७८ मंसिर २१ गते १५:२८

काठमाडौं । नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन ३२ दशमलव २२ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज ३७ दशमलव १८ अंकले घटेर २५ सय आठ दशमलव ९० अंकमा पुगेको छ ।

त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ८५ अंकले घटेर चार सय ७४ दशमलव १३ अंकमा पुगेको छ । दुई सय ३१ वटा कम्पनीहरुको ४९ हजार सात सय ४१ पटकको कारोबारमा ८३ लाख ३० हजार ९३ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार सात सय रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आज ट्रेडिङ र सामुहिक लगानी कोष समूहहरुको सूचक सामान्य अंकले बढेका छन् भने बाँकी समूहहरुको सूचक उच्च अंकले घटेका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव ५५ अंकले घटेर १७ सय तीन दशमलव ९६ अंकमा पुग्दा निर्जिवन बिमा समूहको सूचक पनि एक सय ६० दशमलव ९८ अंकले घटेर ११ हजार एक सय २२ दशमलव ७२ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि ७३ दशमलव ९४ अंकले घटेर १३ हजार चार सय १४ दशमलव दुई अंकमा पुग्दा विकास बैंक, जलविद्युत, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् । नेप्सेमा आज सिटिजन्स म्युचुअल फण्ड २ को सेयर मूल्य चार दशमलव ६५ प्रतिशतले बढेर १० रुपैयाँ १३ पैसामा प्रतियुनिट सेयर किनबेच भएको छ भने आईसीएफसी फाईनान्सको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ६५ प्रतिशतले घटेर सात रुपैयाँ १२ पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

त्यसैगरी, आज प्राईम कर्मसियल बैंकको प्रतिकित्ता चार सय ४३ रुपैयाँ अन्तिम मुल्यमा १२ करोड ३६ लाख ४७ हजार आठ रुपैयााँ ८० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया