आइतबार, जेठ ५, २०८२

३३ स्थानीय तह विपत् संकटग्रस्त क्षेत्र घोषणा

नेपालखोज २०७८ मंसिर २१ गते १९:०९

काठमाडौं । सरकारले देशका ३३ स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सुदूरपश्चिमका ६ जिल्लाका २० स्थानीय तह, प्रदेश १ का तीन जिल्लाका ११ स्थानीय तह र लुम्बिनी प्रदेशको एउटा जिल्लाका दुई स्थानीय तह विपत् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

बाढी, पहिरोलगायतका विपतबाट ठूलो मानवीय क्षती भएको र ती स्थानीय तह बढी प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । विपत् संकटग्रस्त क्षेत्र घोषणा हुनेमा एउटा उपमहानगरपालिका, चार नगरपालिका र २८ गाउँपालिका रहेका छन् । गृहमन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुनेगरी विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

प्रतिक्रिया