शुक्रबार, चैत १६, २०८०

नेपाल पेमेन्ट सोलुसन्स र मञ्जुश्री फाइनान्सबीच सम्झौता

नेपालखोज २०७८ मंसिर २१ गते १९:२९

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै मञ्जुश्री फाइनान्ससँग सहकार्यका लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमन श्रेष्ठ, बिजनेस डेभलपमेन्ट मेनेजर तथा फाइनान्सका तर्फबाट सन्तोष निरौला, प्रमुख कार्यकारी अधिकृत र सुनील शाही आईटी हेडले सम्झौता गरेका हुन् ।

यस सम्झौताअनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले मञ्जुश्री फाइनान्स डिजिटल इकोसिस्टम विस्तार गरेसँगै अब, मञ्जुश्री फाइनान्ससँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरुमार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रिगेटर हो जसले विशेषगरी बैंक तथा वित्तीय संस्थाहरु पीएसपी, रेमिटेन्स कम्पनीहरु व्यावसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्छ । नेपाल पेमेन्ट सोलुसन्सले अधिकांश ‘क’ वर्ग, ‘ख’ वर्ग र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरेको छ । समग्रमा नेपाल पेमेन्ट सोलुसन्स एउटा फिन्टेक क्षेत्रमा नाम बनाइसकेको बलियो कम्पनी हो । यसले ५० भन्दा बढी बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढी रेमिटेन्स कम्पनीहरुलाई जोड्दै अगाडि बढिरहेको छ ।

प्रतिक्रिया