प्रदेश १ को निर्वाचनमा धनवाद र डनवादको प्रयोग गरियो : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा गरेको टिप्पणी गरेका छन् । मंगलबार चाक्सीबारीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता घिमिरेले नेपाली कांग्रेस प्रदेश नं. १ को निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सत्ताको चरम दूरुपयोग गरी आफूलाई हराएर दोस्रो पटक राजनीतिक हिंसा गरेको बताएका हुन् ।
गत संसदीय निर्वाचनमा आफू जनमत, योगदान र पहिचानले पहिलो नम्बरमा पर्न सफल भएपनि टिकट नदिएर सभापति देउवाले पहिलो पटक राजनीतिक हिंसा गरेको उनको भनाइ छ । कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन मुल्य स्खलनको जिवन्त उदाहरण भएको उनले बताए । पार्टीको सिद्धान्त, आदर्श र मुल्यमान्यतालाई अपहेलित गरेर निर्वाचन सम्पन्न गराइएको उनले उल्लेख गरे ।
नेता घिमिरेले प्रदेश १ को निर्वाचनमा धनवाद र डनवादको प्रयोग भएको बताए । सभापति देउवाले आफ्नो गुटलाई पक्षपोषण र मलजल गर्न प्रधानमन्त्रीको कुर्सी प्रयोग गरिएको भन्दै उनले पार्टीको महाधिवेशनमा सत्ताको चरम दूरुपयोग गर्नेले मुल्य चुकाउनुपर्ने बताए ।
प्रतिक्रिया