शुक्रबार, वैशाख १४, २०८१

नेपाल उड्डयन प्राधिकरणको बजेट आगामी सोमबारभित्र पास गर्ने तयारी

नेपालखोज २०७८ मंसिर २१ गते २१:१९

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवस (आइकाओ डे) नेपालमा पनि मनाइँएको छ । मंगलबार नागरिक उड्डयन प्राधिरकणले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवस (आइकाओ डे) मनाएको हो ।

कार्यक्रममा सस्ंकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलले हवाई उडानको क्रममा चराचुरुङ्गीहरुसँग ठोकिएर दुर्घटना हुने क्रम बढेकोमा सबै गम्भिर बन्नुपर्ने बताए । उनले यस्ता घटनाहरु न्युनिकरण गर्नको लागि मन्त्रालयले के गर्नुपर्छ त्यसको तयार रहेको पनि बताए ।

मन्त्री आलले नेपाल उड्डयन प्राधिकरणको बजेट आगामी सोमबारभित्र पास गर्ने तयारी रहेकोे बताए । बजेट पास गर्नु पूर्व हवाई सुरक्षाका लागि थप केकेमा बजेट आवश्यक छ त्यसको तयारी गर्न क्यानलाई आग्रह गरे ।

मन्त्री आलेले सुरक्षाका सबै क्षेत्रमा समानुपातिक रुपमा बजेट छुट्याउने बताए । मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेको सुरुको दिनदेखि नेपाल वायुसेवा निगम सुधारमा लागि परेको बताए । उनले अन्तराष्ट्रिय विमानस्थलमा हुने ठगि रोक्नको लागि कमदहरु अगाडि बढाई सकेको बताए ।

ट्याक्सिमा हुने ठगि रोक्न सरकार आफैले फ्रि को सटल भ्यान सञ्चालन तथा श्रमिकको लागि विश्राम स्थलको व्यवस्था समेत गरिएको बताए । नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने निगमको प्रस्तावमा सम्पत्तीको मूल्याङकन सहि नभएकाले निजीकरण गर्ने प्रस्तावको विषय अन्त्य गरिएको बताए ।

प्रतिक्रिया