प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
नेपालखोज
२०७८ मंसिर २२ गते ६:०९

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो प्रदेश नं १ को भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ विभागले जनाएकाे छ । प्रदेश नं १ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राती प्रदेश नं १ र प्रदेश नं २ का भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।
सम्बन्धित

प्रतिक्रिया