महाधिवेशनका विषयमा आफूनिकट नेतासँग छलफल गर्दै सभापति देउवा
नेपालखोज
२०७८ मंसिर २२ गते ७:५०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औँ महाधिवेशनका विषयमा आफूनिकट नेताहरूसँग छलफल गर्दै छन् ।
पुनः सभापतिमा उठ्ने तयारीमा रहेका देउवाले पदाधिकारीका विषयमा छलफल गर्न लागेका हुन् । त्यसका लागि देउवाले बुढानीलकण्ठस्थित निवासमा आज बिहान ९ बजे आफूनिकट नेताहरूलाई बोलाएका छन् ।
छलफलपछि पदाधिकारीसहितका उम्मेद्वारको टुंगो लगाउने तयारी रहेको बताइएको छ । विभिन्न पदमा आकांक्षी धेरै हुँदा देउवालाई आफ्नो टिम तयार गर्न सकस परेको छ ।
सम्बन्धित
प्रतिक्रिया