रुस र अमेरिकाबीच युक्रेनको विषयमा विवाद बढ्दो

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्र्ने हल्ला भएपछि अमेरिकाले त्यसको कडा प्रतिवाद गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच बीच भएको भिडिओ वार्तापछि दुई देशबीचको विवाद बाहिरिएको हो ।
भिडिओ वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी सैन्य उपस्थिति बढाइएको भन्दै चिन्ता व्यक्त गरेका थिए । पछिल्लो समय युक्रेनसँगको सीमा नजिकै रुसले सैन्य उपस्थिति बढाएको छ । तर छलफलका क्रममा रुसले युक्रेनलाई आक्रमण भने नगर्ने जनाउँदै आएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीएभमाथि उक्साहटपूर्ण कार्यहरू गरेको आरोप लगाएका छन्। उनले रुसनजिक हतियार तैनाथ नगर्ने र पूर्वतर्फ उत्तर एटलान्टिक सन्धि संगठन नेटोको विस्तार नगरिने विषयमा अमेरिकी राष्ट्रपति बाइडनसँग माग पनि गरेका थिए । छलफलको सुरुवाती समयमा देखिने भिडिओ फुटेजमा भने दुई देशका नेताहरूले मित्रतापूर्वक अभिवादन गरेको देखिन्छ ।
-बीबीसी
प्रतिक्रिया