डब्ल्यूएचओले भन्यो- ओमिक्रोनविरुद्ध फाइजर पनि प्रभावकारी हुन्छ
नेपालखोज
२०७८ मंसिर २२ गते ११:३३

काठमाडौं । वर्तमान भाइरसविरुद्धका खोपले ओमिक्रोन भेरियन्टविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले निष्कर्ष निकालेको छ । दक्षिण अफ्रिकामा फाइजर खोपको प्रभावकारिताको प्रयोगशाला परीक्षणपछि डब्ल्यूएचओले यस्तो निष्कर्ष निकालेको हो ।
डब्ल्यूएचओले अहिले प्रयोगमा आएका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने जनाएको छ । अहिलेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि बिरामी हुनबाट रोकथाम गर्ने डब्ल्यूएचओले जनाएको छ ।
अहिले प्रयोगमा रहेका कोरोनाविरुद्धका खोपहरु प्रभावकारी भएका र ती खोपले सबै भेरियन्टका संक्रमितलाई गम्भीर बिरामी र अस्पताल भर्ना हुने अवस्था आउन नदिने प्रमाणित भएको पनि डब्ल्यूएचओले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया