सोमबार, जेठ ६, २०८२

राष्ट्र बैंकले २० अर्बको ट्रेजरी सोझै खरिद गर्दै

नेपालखोज २०७८ मंसिर २२ गते १७:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि २० अर्ब रुपैयाँको ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ । बोलक बोलका माध्यमद्वारा भोलि दिउँसो दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल खरिद गर्न लागिएको राष्ट्र बैकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नुपर्नेछ । काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलक बोल गर्नु पर्नेछ ।

(उदाहरणः रु. १०० को ट्रेजरी बिल्स कति मूल्यमा विक्री गर्ने हो सो रकम बोल गर्नुपर्ने) काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण एक करोड वा एक करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलक बोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलक बोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया