‘बीपी कोईरालाको आर्थिक विचार’ पुस्तकको लोकार्पण

काठमाडौं । पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालद्वारा लिखित पुस्तक ‘बीपी कोईरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ । डा. नेपालले पुस्तकमा आफूलाई बीपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचारहरु पुस्तकमा उल्लेख गरेका छन् ।
पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वगभर्नर नेपालले नेपाली कांग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताए । उनले विश्वमै ख्याति कमाएका नेता विश्वेश्वरप्रसाद कोईरालाले स्थापना गरेको पार्टीमा कुनै विचार नै नहुनु राम्रो नहुने बताएका छन् । डा. नेपालले बीपीको दूरदृष्टि र स्पष्ट विचार बोकेर हिँडेको पार्टी आज तानाशाही र कम्युनिष्ट भन्दा फरक बन्न नसक्नु चिन्ताको विषय भएको बताएका छन् ।
कार्यक्रममा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद् विनोद चौधरीले आफ्नै खुट्टामा उभिन सक्ने राजनीतिक कार्यकर्ता नभएसम्म सही नेता नजन्मिने बताए । उनले पुस्तकमा भनेका बीपीका कुराहरु अहिले पनि उत्तिकै समय सान्दर्भीक रहेको बताए । सांसद् चौधरीले राजनीति पेशा नभइ सेवा गर्ने माध्यम हो भन्ने बीपीको भनाइ आज पनि उत्तिकै सान्दर्भीक भएको बताएका छन्। सांसद चौधरीले बीपी जस्तो दूरदर्शी नेता नेपालमा अहिलेसम्म पनि जन्मिन नसकेको बताए ।
प्रतिक्रिया