सोमबार, जेठ ६, २०८२

‘निर्माण कम्पनीको क्षमता विकास गरि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नुपर्छ’

नेपालखोज २०७८ मंसिर २२ गते १७:५९

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पारिवारिक खालका साना निर्माण कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न नसक्ने बताएकी छन् । बुधबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले १४औं राष्ट्रिय निर्माण दिवसको अवसरका आयोजना गरेको प्रभातफेरी कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

मन्त्री झाँक्रीले सरकारको सबै भन्दा ठूलो सार्वजनिक खर्च गर्ने निर्माण कम्पनी पारिवारिक खालको दुई वटा इन्जिनियर, दुई वटा जेसिभी र दुई वटा टिपर राखेर बनाएको कम्पनीले राज्यको सार्वजनिक खर्च गर्न नसक्ने बताइन् । निर्माण व्यवसायी सरकारको खर्च गर्ने महत्वपुर्ण क्षेत्र भएको भन्दै निर्माण व्यवसायीहरुले काम गर्ने क्षमतालाई विकास गर्नु पर्ने आवश्यकता रहेको बताइन् ।

मन्त्री झाँक्रीले निर्माण कम्पनीको क्षमता विकास गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्न सक्नु पर्ने बताइन् । उनले स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्ने कम्पनी बनाउनको लागि धेरै पूँजी भएको कम्पनी बनाउनु पर्ने तर्फ राखिन ।

मन्त्री झाँक्रीले सरकारको विकास निर्माणको पूँजीगत खर्च गर्ने क्षेत्र नै नीजि क्षेत्र भएको बताइन् । उनले पूर्वाधार क्षेत्रको खर्च गर्ने निर्माण व्यवसायी नै भएको बताइन् । मन्त्री झाँक्रीले नेपालीको विकास, समृद्धिको आधार र अर्थतन्त्र चलायमान बनाउनको लागि निर्माण व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको बताइन् ।

प्रतिक्रिया