सोमबार, जेठ ६, २०८२

‘पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नु पर्छ’

नेपालखोज २०७८ मंसिर २२ गते १८:१८

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नु पर्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताए ।

उनले नयाँ पुनरुत्थान नीतिमा सबै वर्गका व्यवसायीहरुलाई समेट्ने गरी रणनैतिक योजना बनाउनु पर्ने बताए । प्रमुख कार्यकारी अधिकृत रेग्मीले कोरोना महामारीका बेला सरकारले पर्यटन व्यवसायीहरुलाई दिने भनेको सेवा सुविधा पाउनु पर्ने व्यवसयाीहरुले नपाएको गुनासो समेत गरे ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नीति सल्लाहकार धर्म स्वर्णकारले पर्यटनको विकासले रोजगारी सिर्जना हुने भएको बताएका छन् । उनले पर्यटन कृषि र मनोरञ्जन क्षेत्रसँग पनि सम्बन्धित भएकोले यसको असर अन्य धेरै क्षेत्रमा पर्ने बताए । सल्लाहकार स्वर्णकारले आर्थिक समृद्धि र विकासको कुरा गर्दा सबैले पर्यटनलाई बिर्सिन नहुने बताए । सल्लाहकार स्वर्णकारले समावेशी विकासको लागि पनि पर्यटनको विकास अनिवार्य रहेको समेत बताए ।

प्रतिक्रिया