राष्ट्रिय वाणिज्य बैंक र ई-सेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

नेपालखोज २०७८ मंसिर २२ गते २३:५५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ई-सेवामनी ट्रान्सफरबिच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ई-सेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत अब विदेशबाट ई-सेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी हुनेछ । अब विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्ने छन् । ई-सेवा मनी ट्रान्सफरको सेवा उपभोग गर्न यस बैंकका खाता ग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एपआरबिबि स्मार्ट डाउनलोड गर्नुपर्ने हुन्छ ।

यसपछी मुलुकभरी तथा संसारका २०० बढी मुलुकमा व्यापकरुपमा कारोबार विस्तार गरिरहेको रेमिट कम्पनी, ई-सेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक मध्येको एक राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

आरबिबि स्मार्ट अर्थात् बैंकको मोबाइल बैंकिंग एप प्रयोग गरेर ई-सेवामनी ट्रान्सफरमार्फत नेपालभरी रहेका ई-सेवाका नेटवर्क माझ जहाँ पनि रेमिट्यान्स पठाउन वा पाउन सकिनेछ ।

प्रतिक्रिया