सोमबार, वैशाख १७, २०८१

रेडमीको नयाँ स्मार्टफोन, मूल्य कति ?

नेपालखोज २०७८ मंसिर २३ गते १०:१२

काठमाडौं । चीनको स्मार्टफोन निर्माता रेडमीले अक्टोबरमा नोट ११ फाइभजी, नोट-११ प्रो फाइभजी तथा नोट ११ प्रो प्लस फाइभजी सार्वजनिक गरेको थियो । अहिले यो कम्पनीले चीनमा रेडमी नोट ११ फोरजी प्रस्तुत गरेको छ । यो स्मार्टफोनमा मिडियाटेक प्रोसेसर प्रयोग गरिएको छ । यसमा फोटोग्राफीका लागि तीनवटा क्यामेरा दिइएको छ । यो स्मार्टफोन अन्य मुलुकमा रेडमी-१० २०२२ का रूपमा लन्च हुनसक्छ ।

रेडमी नोट ११ फोरजीको मूल्य
साओमीले रेडमी नोट ११ फोरजीलाई दुई स्टोरेज कन्फिगरेसनमा बजारमा उतारेको छ । यो स्मार्टफोनको चार जीबी तथा १२८ जीबी स्टोरेज भेरिएन्टको मूल्य ९९९ युआन राखिएको छ । यसैगरी यो स्मार्टफोनको ६ जीबी तथा १२८ जीबी स्टोरेज भेरिएन्टको मूल्य १०९९ युआन छ । यो फोन ब्ल्याक, ह्‌वाइट तथा ग्रेडिएन्ट ब्लु गरी तीन रङमा उपलब्ध गराइएको छ ।

फिचर्स
नोट-इलेभेन फोरजीमा ६.५ इन्चको एलसीडी दिइएको छ जसको फुल एचडी प्लस रेजोल्युसन १०८०×२४०० पिक्सेल छ । यो फोन ९० हर्ज रिफ्रेस रेट सपोर्ट तथा १८० हर्ज टच-सेम्पलिङ रेटका साथ आउँछ । यसको ट्रिपल-क्यामेरा सेटअपमा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा तथा २ मेगापिक्सेलको माइक्रो क्यामेरा सामेल छन् । रेडमी स्मार्टफोन मिडियाटेक हेलियो जी ८५ एसओसीद्वारा सञ्चालित हुन्छ । यो स्मार्टफोनमा ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज दिइएको छ । यसको स्टोरेजलाई माइक्रोएसडी कार्डका माध्यमबाट बढाउन सकिन्छ । यसमा ५००० एमएएचको ब्याट्री प्रयोग गरिएको छ जुन १८ वाटको वायर्ड फास्ट चार्जिङ र ९ वाटको रिभर्स चार्जिङ सपोर्टका साथ उपलब्ध गराइन्छ ।

यो स्मार्टफोनले एन्डोइड ११ मा आधारित MIUI १२.५ मा काम गर्छ । यो फोरजी फोनलाई वीओएलटीई, वाई-फाई ८०२.११ एसी, ब्लुटुथ ५.१ , जीपीएस, आईआर ब्लास्टर, ३.५ एमएमको हेडफोन ज्याक, यूएसभी टाइप-सी पोर्ट, डुअल स्पिकर आदि जस्ता कनेक्टिभिटी फिचर्सका साथ बजारमा उतारिएको छ ।

प्रतिक्रिया