इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परि ३९ जनाको मृत्यु, १२ अझै बेपत्ता

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परि मृत्यु हुने व्यक्तिको संख्या ३९ पुगेको छ ।
ज्वालामुखी विस्फोटमा परेर अरु १२ जना हराइरहेका यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वीक्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो ।
यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ । प्रभावित क्षेत्रबाट करिब चार हजार व्यक्तिलाई अस्थाई वासस्थानम सारिएको छ ।
ज्वालामुखी भग्नावशेष, भत्किएका भवन र ध्वस्त भएका सवारीसाधनमा बाँचेका र शव खोज्दै, उद्धारकर्ता खतरनाक परिस्थितिसँग लडिरहेका छन् ।
यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि १२ जना व्यक्ति हराइरहेको जानकारी दिनुभयो । उहाँले हराएका ती व्यक्तिको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने बताएका छन् ।
जाकार्ता समयानुसार गत शनिबार दिउँसो ३ः१० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो । रासस/एएफपी
प्रतिक्रिया