चौबीस घण्टामा २११ संक्रमित थपिए, ३२९ जना डिस्चार्ज
नेपालखोज
२०७८ मंसिर २३ गते १६:१५

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ र १ हजार ४३३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १४ जना गरि कुल २११ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेको छ ।
त्यस्तै, नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३२९ कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । त्यस्तै, नेपालमा पछिल्लो चौबीस घण्टामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५४९ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया