मंगलबार, वैशाख १६, २०८२

कोभिडविरुद्धको १४ लाख डोज मोडर्ना खोप आइपग्याे

नेपालखोज २०७८ मंसिर २३ गते १६:५१

काठमाडौं । कोभिड–१९ विरुद्धको १४ लाख डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । कतार एयरको जहाजमार्फत आज दिउँसो ३ बजे सो खोप नेपाल आइपुगेको हो ।  

गाभी र कोभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ । थप १९ लाख ६५ हजार ६०० डोज खोप आइतबार आइपुग्ने पनि विभागले जनाएको छ  ।

यसअघि शुक्रबार मोडर्नाकै एक लाख ८८ हजार डोज खोप आएको थियो । सरकारले मोर्डना खोप दूर्गम तथा हिमाली जिल्लाका विद्यालयलाई केन्द्र बनाएर १२ देखि १७ वर्षसम्मका बालबालिकालाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया