नेपाल एसबीआई बैंक र प्रोग्रेसिभ फाइनान्सबीच गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउने सम्झौता

काठमाडौं । नेपाल एसबीआई बैंक र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।
सम्झौता अन्तर्गत प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुले नेपाल एसबीआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।
यसै सम्बन्धमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका नायब प्रमूख कार्यकारी अधिकृत महेश्वर पहारीबिच सम्झौता भएको हो ।
उक्त समारोहमा नेपाल एसबीआई बैंकका प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, सल्लाहकार छपिराज पन्त, वरिष्ठ प्रबन्धक प्रविन मुनि बज्राचार्य, टिएफसीपीसी प्रमूख पवन घिमिरे तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका कार्यकारी व्यवस्थापक शालिक राम चापागाईको उपस्थिति थियो ।
प्रतिक्रिया