शनिबार, जेठ ५, २०८१

बैंक अफ काठमाडाैंका कार्ड बाहकलाई दराजको १२.१२ योजनामा दुई हजारसम्मको छुट

नेपालखोज २०७८ मंसिर २३ गते १७:४९

काठमाडौं । बैंक अफ काठमाडाैं लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको १२.१२ योजनामा दुई हजार रुपैयाँसम्म छुट पाउने भएका छन् ।

पछिल्लो समय ग्राहकहरुमा प्रविधिको प्रयोग गरि अनलाइनमार्फत आफूलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै दुई हजार रुपैयाँसम्मको विशेष छुटको योजना ल्याएको हो ।

जस अन्तर्गत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १० प्रतिशत वा अधिकतम् दुई हजार रुपैयाँसम्मको छुटको सुबिधा उपयोग गर्न सक्ने छन् ।

बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रि-पेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुटको पाउने छन् ।

यो योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी दुई हजार रुपैयाँसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्ने छन् ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया